सामुहिक राजीनामा दिन नेपाल समुहले बोलायो स्थायी कमिटिको बैठक, ओलीलाई २४ घण्टे अल्टिमेटम — OSNepal

सामुहिक राजीनामा दिन नेपाल समुहले बोलायो स्थायी कमिटिको बैठक, ओलीलाई २४ घण्टे अल्टिमेटम

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल समूहको स्थायी कमिटिको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने दिन नजिकिँदै गर्दा आज नेपाल समुहको सांसदहरुले राजीनामा दिने विषयमा थप छलफल गर्न स्थायी कमिटिको बैठक बस्न लागेको हो ।

हिजो शनिबार साँझ बसेको बैठकले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष समेत रहेका ओलाई २४ घण्टे अल्टिमेटम दिई पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा लान निर्देशन दिएको दिने निणर्य गरेको थियो । तर ओली पाmगुन २८को निणर्यमा फर्किन राजी नभएपटि आज फेरि बैठक बस्ने लागेको एक नेताले बताए । सामुहिक राजीनामाको विषयमा छलफल गर्न आजको बैठक बस्न लागेको हो बैठक भर्चुअल माध्यमबाट पनि यस विषयको टुंगो लगाउने बुझिएको छ ।

भोली बैशाख २७ गते ओलीले विश्वास मत लिने भएकाले आज ओलीलाई दवाव दिइरहेका नेपाल समुहले २४ घण्टे अल्टिमेटम ओली नसच्चिए सामुहिक राजीनामा दिन तयार भएका छन् । ओलीलाई नेपाल समुहले साथ छोडेपछि एक दलको आवश्यक पर्ने हुँदा आज सम्म पनि कुनै दलले साथ दिने भनेर निणर्य गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर