राष्ट्रपतिका आदर्श र चिन्तन रटाउन चीनले चाल्यो यस्तो कडा कदम, विद्यालयको पाठ्यक्रममा नै ‘सीका चिन्तन’ समावेश गरिने — OSNepal

राष्ट्रपतिका आदर्श र चिन्तन रटाउन चीनले चाल्यो यस्तो कडा कदम, विद्यालयको पाठ्यक्रममा नै ‘सीका चिन्तन’ समावेश गरिने

LC (KTM) August 26, 2021 0

काठमाडौ‌, ९ भदौ । चीनले राष्ट्रपति सी जिनपिङको आर्दशलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्ने भएको छ । राष्ट्रपति ‘सीका चिन्तन’ ले किशोर किशोरीमा माक्र्सबादी चिन्तन स्थापित गर्न सहयोग मिल्ने त्यहाँको शिक्षा मन्त्रालयको नयाँ निर्देशिकामा उल्लेख छ ।

राष्ट्रपतिका आदर्शलाई प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म पुस्तकमा समावेश छ । चिनियाँ कम्युनिष्ट पार्टीको भूमिकालाई समाजका विभिन्न क्षेत्रमा समेट्ने प्रयासको पछिल्लो प्रयासस्वरुप सीको आदर्श पाठ्यक्रममा समावेश गरिएको हो ।

‘राष्ट्रिय सुरक्षाको क्षेत्रमा विद्यार्थीहरुको मिहिनेत प्रर्बद्धन गर्न निर्दैशिकामा श्रम शिक्षा समावेश गरिएको छ,’ एउटा विज्ञप्तिमा चीनको शिक्षा मन्त्रालयले भनेको छ । सन् २०१८ मा चीनको संसद नेसनल पिपुल्स कंग्रेस ९एनपीसी० ले राष्ट्रपतिका चिन्तनलाई संविधानमा नै लेखेको थियो । त्यसपछि राष्ट्रपतिका आदर्शलाई केही विश्वविद्यालयका पुस्तक र विद्यार्थीका अतिरिक्त गतिविधिमा समावेश गरिएको थियो ।

‘प्राथमिक विद्यालयले विद्यार्थीलाई देशभक्त, चिनियाँ कम्युनिष्ट पार्टी र समाजवादतर्फ केन्द्रित गराउनुपर्छ । माध्यामिक विद्यालय चेतनाको अनुभव र ज्ञानलाई एकै ठाउँमा मिसाउन केन्द्रित हुन्छ, जसका कारण विद्यार्थीले आधारभूत राजनीतिक विचारधारा र निर्णय लिन सकून्,’ चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर