ओली नेतृत्वको सरकार स्वार्थ केन्द्रीत बन्दा मुलुकको निकाश र सम्वृद्धिका लागि गठवन्धन सरकारले यो अध्यादेश ल्याएको हो — OSNepal

ओली नेतृत्वको सरकार स्वार्थ केन्द्रीत बन्दा मुलुकको निकाश र सम्वृद्धिका लागि गठवन्धन सरकारले यो अध्यादेश ल्याएको हो

LC (KTM) August 26, 2021 0

काठमाडौँ १० भदौ । गठवन्धन सरकारले बाध्यात्मक परिस्थितिमा अध्यादेश ल्याएको भन्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अध्यादेश संसदको स्थिरताका लागि भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबादुर देउवाले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेपछि चर्को आलोचना भएसँगै हिजो बुधबार माधव नेपाल र महन्थ ठाकुर नयाँ दल दर्ता गरेका छन् ।
उनले गठवन्धन सरकारलाई बलियो बनाएर लैजाने विषयमा छलफल भएकोले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको समेत जनाएका छन् ।

हिजो बुधबार सुनसरीस्थित निर्वाचन क्षेत्र पुगेका मन्त्री कार्कीले अध्यादेश
मुलुकको निकाश र सम्वृद्धिका लागि भएको समेत बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार स्वार्थ केन्द्रीत बन्दा मुलुक अनिर्णयको बन्दी बनेको समेत दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर