नयाँ दलको मान्यता पाएसँगै ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले बोलायो कार्यकारिणी समितिको बैठक — OSNepal

नयाँ दलको मान्यता पाएसँगै ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले बोलायो कार्यकारिणी समितिको बैठक

LC (KTM) August 26, 2021 0

काठमाडौं १० भदौ । निवार्चन आयोगले नयाँ दलको मान्यता दिएसँगै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

जसपाबाट फुटेपछि नयाँ दल दर्ता गरेको ठाकुर नेतृत्वको यो पहिलो बैठक हो ।
बैठक पार्टी कार्यालय बबरमहलमा दिउँसो एक बजेका लागि बैठक बोलाइएको कार्यकारिणी सदस्य केशव झाले जनाएका छन् ।

पार्टीको अबको रणनीति तथा समसामयिक राजनीतिक विषयमा बस्तुमा आजको बैठकमा छलफल हुने जनाइएको छ । हिजो मात्र मान्यता पाएको यो दलमा १४ जना सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर