'भ्रष्टाचारको महामारी'वारे सरकार,प्रतिपक्ष दल,अख्तियार मौन भएकाले अब जनताको अदालत खडा गर्नुपर्छ — OSNepal

‘भ्रष्टाचारको महामारी’वारे सरकार,प्रतिपक्ष दल,अख्तियार मौन भएकाले अब जनताको अदालत खडा गर्नुपर्छ

LC (KTM) August 26, 2021 0

काठमाडौं १० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले अब जनताको अदालत खडा गर्नु पर्ने बताएका छन् ।

गत एक वर्षमा महालेखा प्रतिवेदनले स्थानीय निकायमा १२अर्व अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरेको भन्दै थापाले ट्वीटर मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

भ्रष्टाचारको महामारीुवारे सरकार,प्रतिपक्ष दल,अख्तियार मौन भएको आरोप समेत लगाएका उनले भ्रष्टाचारीका विरुद्ध अब जनता जागरुक बनी जनताको अदालतमा खडा गर्नुपर्छ भनेका हुन् ।

उनले लेखेका छन् , महालेखा प्रतिवेदनले स्थानीय निकायमा गत एकवर्षमा १२ अर्व अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरेको छ।६खर्व भन्दा बढी बेरुजु देखिएको छ।
‘भ्रष्टाचारको महामारी’वारे सरकार,प्रतिपक्ष दल,अख्तियार मौन छन्।भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध अब जनता जागरुक हुनुपर्छ।जनताको अदालतमा खडा गर्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर