प्रदेश १ मा एमालेका सचिव भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त — OSNepal

प्रदेश १ मा एमालेका सचिव भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त

LC (KTM) August 26, 2021 0

काठमाडौँ १० भदौ । प्रदेश १ मा एमालेका सचिव भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीना दिए लगत्तै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यस भन्दा अघि नेकपा एमालेले संसदीय दलको नेता परिर्वतन गरेको थियो ।

९३ प्रदेश सदस्यीय रहेको प्रदेशमा एमालेको मात्र ५२ सांसद भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आज बिहिबार नवनियुक्त मुख्यमन्त्री आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर