नवनियुक्त मुख्यमन्त्री आचार्य भन्छन् -लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्नेछौं — OSNepal

नवनियुक्त मुख्यमन्त्री आचार्य भन्छन् -लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्नेछौं

LC (KTM) August 26, 2021 0

काठमाडौं १० भदौ । नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बहुमत जोगाउने बताएका छन् ।

आज मुख्यमन्त्रीको पद शपथ लिएपछि आचार्यले ९२ जना सदस्यीय रहेको प्रदेशसभामा ५२ जना एमालेको रहेको प्रष्ट भएकाले आफुले आफुले बहुमत कायमै राख्ने बताएका हुन् ।

यदि नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा ६ भन्दा बढी एमाले सांसद गए भने आचार्यले अल्पमतमा पर्नेछन् ।

आफुले चाँडै मन्त्रिपरिषद् विस्तार समेत गर्ने बताएका उनले लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर