नेपाल जनताका अगाडि गरेका प्रतिबद्धता बिर्सिएर केहीका स्वार्थ र अहंकारले नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुगेका हुन् : ओली — OSNepal

नेपाल जनताका अगाडि गरेका प्रतिबद्धता बिर्सिएर केहीका स्वार्थ र अहंकारले नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुगेका हुन् : ओली

LC (KTM) August 26, 2021 0

काठमाडौँ १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केहि व्यक्तिको स्वार्थ र अहंकारले गर्दा नयाँ पार्टी दर्ता भएको भन्दै माधव नेपालमाथि आक्रोश पोखेका छन् ।

आज बिहिबार च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा यस्तो टिप्पणी गरेका हुन् ।

नेपाललाई संकेत गर्दै ओलीले आन्दोलनका अभिभारा विर्सिएर, आफ्नो काँधको अभिभारा बिर्सिएर, जनताका अगाडि गरेका प्रतिबद्धता बिर्सिएर केहीका स्वार्थ र अहंकारले नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुगेको बताएका छन् ।

बैठकमा ओलीले भने , ‘हिजोसम्म हामीसँगै भएका साथीहरु आन्दोलन छोडेर, आन्दोलनको अभिभारा बोक्ने पार्टी छोडेर, आन्दोलनका अभिभारा विर्सिएर, आफ्नो काँधको अभिभारा बिर्सिएर, जनताका अगाडि गरेका प्रतिबद्धता बिर्सिएर, आफूले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर, भावावेशमा, अकारण, सैद्धान्तिक मतभेद भएर होइन्, केहीका स्वार्थ र अहंकारले नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएको छ ।’

एमाले विभाजन भएपछि एमालेको यो पहिलो केन्द्रिय कमिटिको बैठक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर