कोरोना रोकथाम र नियन्त्रणका लागि स्विट्जरल्याण्डले नेपाललाई स्वास्थ्य सामग्री पठाउने — OSNepal

कोरोना रोकथाम र नियन्त्रणका लागि स्विट्जरल्याण्डले नेपाललाई स्वास्थ्य सामग्री पठाउने

LC (KTM) May 19, 2021 0

काठमाडौंँ-स्विट्जरल्याण्डले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भएको टेलिफोन संवादमा नेपालका लागि त्यहाँका राजदूत एलिजावेथ भन क्यापिलरले कोरोनाको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न लागिएको जानकारी दिनुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

राजदूत क्यापिलरका अनुसार स्विस सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पिपिई, मास्क र एन्टिजेन परीक्षण किट सहयोग गर्न लागेको हो । उपप्रधानमन्त्रीसंगको टेलिफोन संवादमा स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौंँ आइपुग्ने स्विस राजदूतले जानकारी दिनुभयो । चार्टर्ड फ्लाइटको खर्च स्विस सरकारले नै बेहोर्ने बताइएको छ । (रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर