२०७७ सालदेखि पार्टीमा विद्रोह गर्दै आएपनि निर्णायक समयमा आफू पक्षका नेताहरुले साथ छोडिदिए : अध्यक्ष नेपाल — OSNepal

२०७७ सालदेखि पार्टीमा विद्रोह गर्दै आएपनि निर्णायक समयमा आफू पक्षका नेताहरुले साथ छोडिदिए : अध्यक्ष नेपाल

LC (KTM) August 26, 2021 0

काठमाडौं १० भदौ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले अध्यक्ष केपी ओलीले प्रशंशा गर्नेलाई मात्र च्यापेको बताएका छन् ।

आज बिहिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले आफुहरुले विद्रोहको विगुल फुक्ने काम गर्यौ तर निर्णायक समयमा नेताहरुले धोका दिएको बताए । २०७७ सालदेखि पार्टीमा विद्रोह गर्दै आएपनि निर्णायक समयमा आफू पक्षका नेताहरुले साथ छाडेको नेता नेपालको गुनासो रहेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने , केपी ओलीले प्रशंशा गर्नेलाई मात्रै च्याप्नु भयो । पार्टी सिथिल भयो । सिथिल मात्रै होइन मृत प्राय भयो । हामीले विद्रोहको विगुल फुक्ने काम गर्यौ । लामो यात्रामा जाँदा कोही बिचैमा थाक्दा रहेछन् । थाक्ने, आँट घट्ने घटिरहन्छन् । अगाडि बढ्नेहरु लक्ष्य हाँसिल गर्न खोज्ने, देशलाई अघि बढाउन खोज्नेहरु अघि बढिरहन्छन् । हामीले २०७७ चैतमा विद्रोहको विगुल फुकेका थियौँ । देशभरका कार्यकर्ताको भावनाको कदर गर्नतर्फ लाग्यौँ ।’

गठवन्धन सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपनि फुटेको नेकपा एमालेमा विाग आठ महिना देखि नेपाललाई साथ दिँदै आएका केहि नेताहरु भने ओलीति गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर