नवलपुरमा अविरल वर्षाका कारण पहिरो जाँदा एकै घरका हजुरामासहित सात वर्षीया दुई नातिनी बेपत्ता, पुरेको अवस्थामा पुलामीको उद्धार गरियो — OSNepal

नवलपुरमा अविरल वर्षाका कारण पहिरो जाँदा एकै घरका हजुरामासहित सात वर्षीया दुई नातिनी बेपत्ता, पुरेको अवस्थामा पुलामीको उद्धार गरियो

LC (KTM) August 27, 2021 0

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को हुप्सेकोटमा पहिरो खस्दा तीन बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी तीन बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिराले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पु¥याएको छ । उहाँका अनुसार पहिराले पुरेका अवस्थामा उहाँलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ । पहिरामा बेपत्ता भएकाको खोजी जारीे छ ।

पहिरामा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया , सात वर्षीया नातिनी भूमिसरा र छ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका सूचना अधिकारी सिंहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर