म कसैलाई पराजित गर्न असक्षम घोषित गर्न सभापति हुन लागेको होइन :उपसभापति निधि — OSNepal

म कसैलाई पराजित गर्न असक्षम घोषित गर्न सभापति हुन लागेको होइन :उपसभापति निधि

LC (KTM) August 27, 2021 0

काठमाडौँ ११ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी चुनावमा सबै तहमा कांग्रेसलाई बहुमत दिलाउने आफ्नो उद्देश्य भएको बताएका छन् ।

आज शुक्रबार काठमाडौंको बानेश्वरमा सम्पर्क कार्यालय खोलेका निधिले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

आफू कसैलाई पनि पराजित गर्न पार्टी सभापति हुन नखोजेको बताएका उनले आफ्नो पार्टीलाई बहुमत दिलाउने मात्र आफ्नो उद्देश्य भएको बताएका छन् ।

सभापतिमा उम्मेदवारी दिने तयारीमा लागेकाले आफुले सम्पर्क कार्यालय स्थापना समेत गरेको बताएका छन् ।

‘म कसैलाई पराजित गर्न, असक्षम घोषित गर्न वा रिटायर्ड गर्न सभापति हुन लागेको होइन ।’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर