आठ महिनापछि नेपालको साथ छोडी ओली क्यापतिर लागेका रावलले नेपाललाई यस्तो भने — OSNepal

आठ महिनापछि नेपालको साथ छोडी ओली क्यापतिर लागेका रावलले नेपाललाई यस्तो भने

LC (KTM) August 27, 2021 0

काठमाडौँ ११ भदौ । प्रमुख प्रतीपक्षी दल नेकपा एमालेका नेता भिम रावलले दक्षिणपन्थी पूँजीवादी नेकांसंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा भएको बताएका छन् ।

नेता रावलले ट्वीटर मार्फत नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको भन्दै यस्तो टिप्पणी गरेका हुन् । उनले पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर पनि यस्तो टिप्पणी गरेको भन्दै आपत्ती जनाएका हुन् ।

रावलले भनेका छन्, दक्षिणपन्थी पूँजीवादी नेकांसंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो।अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर