जङ्गल छेउमा खेलिरहेका सात वर्षीय बालक माथि पहिरो झर्यो — OSNepal

जङ्गल छेउमा खेलिरहेका सात वर्षीय बालक माथि पहिरो झर्यो

LC (KTM) August 27, 2021 0

जिल्लाको कटारी नगरपालिका–२ मिलन चौक बस्ने सात वर्षीय बालकको आज पहिरोमा परेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पहिरोमा परेर मृत्यु हुने बालक कटारी नगरपालिका–२ मिलन चौक बस्ने पोष्टबहादुर मगरका सात वर्षीय छोरा कर्ण रहेका छन् ।

दिउँसो २ बजेतिर स्थानीय खहरे खोला नजिकै जङ्गल छेउमा खेलिरहेको बालकमाथि झरेको पहिरोले गम्भीर घाइते बनाएको थियो । घाइते बालकको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर