एक डेन्टिसले दाँतको ईलाज गर्दै गर्दा स्क्रु खसेर फोक्सोमा पुग्यो , त्यसपछि यसरी बच्यो ज्यान — OSNepal

एक डेन्टिसले दाँतको ईलाज गर्दै गर्दा स्क्रु खसेर फोक्सोमा पुग्यो , त्यसपछि यसरी बच्यो ज्यान

LC (KTM) August 27, 2021 0

मध्य प्रदेशको राजधानी भोपालमा एक डेन्टल सर्जनको लापारबाहीका कारण एक बृद्धको ज्यान झण्डै गएको छ । दाँतको इम्प्लान्ट गर्दै गरेको समयमा स्क्रु डाक्टरको हात बाट खसेर बिरामीको घाँटीमा अड्किएको थियो । त्यसपछि सिधै स्क्रु फोक्सोमा पुगेको थियो । तर उनको ज्यान भने बाल बाल बचेको छ ।

उनको स्क्रु लाई सर्जरी गरेर निकालिएको छ । यो घटना भोपालको एक निजी क्लिनीकको रहेको छ । जहाँ एक बृद्ध डेन्टल इम्प्लान्टको लागि गएका थिए । इम्प्लान्टको क्रममा स्क्रु डाक्टरको हात बाट छुटेर घाँटी हुदै फोक्सो सम्म पुगेको थियो । जब स्क्रु बिरामीको फोक्सोमा पुगेको थियो त्यो बेला उनलाई एकदमै साफी खोकी लागेको र फोक्सोमा दुखे पछि तत्काल गान्धी मेडिकल कलेजमा डाक्टरलाई देखाइएको थियो ।

त्यहाँ चेक गर्दा छातीमा स्क्रु देखिएको थियो । उक्त स्क्रुलाई ब्रांकोस्कोपीको सहायताले बाहिर निकालिएको थियो । यो एकदमै जटिल सर्जरी रहेको थियो किनकी एनेस्थेसिया दिदा ति बृद्धलाई बिपरीत असर पर्ने हो कि भन्ने डर चिकित्सकलाई रहेको थियो । उक्त स्क्रु एकदमै तिखो रहेकोले फोक्सो तथा नसामा असर पु¥याउने ठुलो डर रहेको थियो । उनको सर्जरी गर्न करिब आधा घण्टा लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर