एकै साथ ९ वटा बच्चालाई जन्म दिएकि महिलाको अबस्था गम्भीर, बचाउन हर अम्भब प्रयास जारी — OSNepal

एकै साथ ९ वटा बच्चालाई जन्म दिएकि महिलाको अबस्था गम्भीर, बचाउन हर अम्भब प्रयास जारी

LC (KTM) May 09, 2021 0

काठमाडौं- एकै साथ ९ वटा बच्चाको जन्म दिएकि महिला बिरामी परेकी छन् ।हलिमा सिसे नाम गरेकि ति महिलाले मोरक्कोको एक अस्पतालमा ९ वटा बच्चाको जन्म दिएकी थिइन् । मालीको सरकारले उनको खास हेरचाहका लागि मोरक्को पठाउने ब्यवस्था आफै गरेको थियो ।तर अहिले उनी बिरामी परेको बताइएको छ । प्रसवको प्रक्रियामा रगतको कमी हुन गई अवस्था गम्भीर भएको उनको उपचारमा संलग्न डक्टरले जनाएका छन् ।

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै आफ्नो देशकी २५ वर्षीया महिलाले नौ शिशु एकै साथ जन्माएको जानकारी दिएको हो । यो अहिलेसम्मकै दुर्लभ घटना भएको शल्यक्रियामा संलग्न डाक्टरहरूले भनेका छन् ।

स्वास्थ्य तथा सामाजिक विकासमन्त्री डाक्टर फान्ता सिबेले मोरक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकै साथ जन्माएको उल्लेख गरेकी छन् । मङ्गलबार ती महिलाको अप्रेशन गरिएको थियो ।हलीमाका पतिले श्रीमती र बच्चा दुबै स्वास्थ्य रहेकाले आफु अत्यन्तै खुशी भएको प्रतिक्रिया दिएका थिए । माली सरकारले उनलाई बचाउन सबै प्रयास गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर