पहिरोमा परी ७ वर्षीय बालकको ज्यान गयो — OSNepal

पहिरोमा परी ७ वर्षीय बालकको ज्यान गयो

LC (KTM) August 27, 2021 0

उदयपुर, ११ भदौ- अविरलको वर्षापछि आएको पहिरोले उदयपुरमा ७ वर्षीय बालकको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ मिलन चौकका पोष्टबहादुर मगरको छोरा ७ वर्षीय कर्ण मगरको पहिरोमा परी ज्यान गएको हो ।

शुक्रबार दिउँसो घर नजिकैको आँप खहरे खोलामा खेल्ने क्रममा माथिबाट अचानक पहिरो खसेर बालक गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बालकको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएर कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर