श्रमिक बनेर कतार छिरेका रमेश भट्ट अहिले यसरी सफल ब्यवसायी बने , समाज सेवामा पनि उत्तिकै योगदान — OSNepal

श्रमिक बनेर कतार छिरेका रमेश भट्ट अहिले यसरी सफल ब्यवसायी बने , समाज सेवामा पनि उत्तिकै योगदान

LC (KTM) August 27, 2021 0

बिदेशी भुमीमा पुगेर ब्यवसायिक सफलता हाँसिल गर्ने नेपालीहरु बिरलै रहेका छन् । ति पात्रहरु मध्ये एक हुन् रमेश भट्ट । खाडी मुलुक कतारमा श्रमिकको रुपमा गएर अहिले ब्यवसायीको रुपमा आफुलाई चिनाउन सफल भएका छन् बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा नम्बर १३ पैयुपाटा तबैका रमेश भट्टले ।

अत्यन्तै मिजासिलो र सरल स्वभावका धनी रमेश बुवा जयमंगल भट्ट र आमा बुद्धिकला भट्टको कोख बाट २०३४ साल असार २४ गते जन्मिएका हुन् । उनको कथाले जो कोहीलाई उत्प्रेरणा प्रदान गर्नेछ । बाग्लुङ एक गाउँमा साधारण परिवारमा जन्मे हुर्किएका रमेशले अहिले थुप्रै नेपालीहरुलाई रोजगार समेत दिईरहेका छन् ।

त्यतिमात्र हैन उनले अफ्ठ्यारामा परेका हरेक नेपालीलाई मन खोलेर सहयोग समेत गरिरहेका छन् । रमेश घर परिवार पाल्ने सपना देखेर खाडी मुलुक कतारमा श्रमिक भिजामा छिरेका थिए । २०५२ सालमा एउटा अत्यन्तै सामान्य श्रमिक बनेर छिरेरका रमेश अहिले त्यहाका चर्चित ब्यवसायी समेत बनेका छन् ।

कतारको तातो घाममा पिल्सीएर १९ बर्ष लामो संघर्ष गरे पश्चात २०७१ सालमा उनले आफ्नै कम्पनी खोल्न सफल भए । उनले ब्यवसायीक रुपममा मात्र आफुलाई अगाडी बढाएका छैनन् । हरेक सामाजिक काम उनको सहभागिता देखिने गरेको छ । उनी कतारमा अफ्ठ्यारोमा परेका नेपालीहरु लाई मन फुकाएर सहयोग गर्ने गर्छन् ।

ब्यवसायको अलवा रमेश बिभिन्न संघ संस्थामा समेत आबद्ध रहेका छन् । बाग्लुङ सेवा समाज पुर्व अध्यक्ष हालका संरक्षक , अन्र्तराष्ट्रिय बाग्लुङ सेवा समाजका उपाध्यक्ष, जनप्रगतिशिल मञ्च कतार पुर्व अध्यक्ष , नेपाली ब्यवसायी संघ कतारको महासचिव तथा एनआरएन कतारको आइसीसी सदस्य समेत रहेका छन् । उनले नेपाल र नेपालीका लागि सधै सहयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर