खसीलाई घाँस काट्न गएको बेला भीरबाट लडेर गम्भीर घाइते शिक्षिकाको मृत्यु — OSNepal

खसीलाई घाँस काट्न गएको बेला भीरबाट लडेर गम्भीर घाइते शिक्षिकाको मृत्यु

LC (KTM) August 28, 2021 0

खोटाङ, ११ भदौ -खोटाङमा भीरबाट लडेर शिक्षिकाको मृत्यु भएको छ । शुक्रबार खसीलाई घाँस काट्न गएको बेला हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित दियाले जनचेतना प्राविमा कार्यरत ४१ वर्षीय पार्वती राईको मृत्यु भएको हो । आफ्नो नन्दसँगै घाँस काट्न गएकोबेला घर नजिकैको खुरी खोलामा लडेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा बाटैमा मृत्यु भएको धितुङका वडासदस्य खेमराज कार्कीले जानकारी दिए ।

करिब ३० मिटरमाथिबाट खसेकी राईको ढुंगामा बजारिएर टाउको पछाडि गहिरो चोट लागेको र हात भाँचिएको अवस्थामा उद्धार गरेर उपचारका लागि अटोमा राखेर हलेसीतर्फ हिँडाइएको थियो ।

उनको शवलाई महादेवस्थानस्थित हलेसी सिद्धबाबा पोलिक्लिनिकमा राखिएको छ । ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक विदामा भएका कारण जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुग्ने प्रहरीले मुचुल्का तयार पारेपछि अन्य प्रक्रिया अघि बढाउने तयारी गरिएको वडासदस्य कार्कीले बताए । मृतकका श्रीमान भने विदेशमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर