हलिउडमा धमका मच्चाउँदै अभिनेता प्रभास — OSNepal

हलिउडमा धमका मच्चाउँदै अभिनेता प्रभास

LC (KTM) August 29, 2021 0

मुम्बई । दक्षिण भारतीय चर्चित अभिनेता प्रभास हलिउड जाने तर्खरमा रहेका छन् । बहुचर्चित चलचित्र ‘बाहुबली’ शृंखलापछि भारतमै निकै रुचाइएका उनी दक्षिण भारतीय चलचित्र उद्योगमा मात्र नभई बलिउडमै समेत निर्माता तथा निर्देशकको मुख्य रोजाइका कलाकार हुन् । यसैबीच भारतमा आफूलाई स्थापित गरेपछि अभिनेता प्रभासले अब हलिउड जाने तर्खरमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।उनी चाँडै एक हलिउड चलचित्रमा काम गर्ने जनाइएको छ ।

जुन चलचित्र हरर जनराको हुनेछ । एक मनोरञ्जन वेबसाइटले जनाएका अनुसार उनलाई एक ठूलो हलिउड कम्पनीले ‘हरर फिल्म’ को लागि प्रस्ताव गरिरहेको छ । सौर्य दैनिकमा खबर छ । साथै उक्त चलचित्र कम्पनीले अभिनेता प्रभासलाई पटकथा समेत पठाइसकेको छ । उनलाई चलचित्रको पटकथा चित्त बुझ्यो भने चलचित्रमा काम गर्ने जनाइएको छ । प्रभाससँग राधे श्याम, सालार, आदिपुरुष लगायतका थुप्रै ठूलो बजेटका चलचित्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर