एमाले नेता योगेश भट्टराईले ‘कमेडी च्याम्पियन’का भरतमणीको गरे प्रशंसा — OSNepal

एमाले नेता योगेश भट्टराईले ‘कमेडी च्याम्पियन’का भरतमणीको गरे प्रशंसा

LC (KTM) August 29, 2021 0

काठमाडौं – नेकपा एमालेका प्रभावशाली नेता योगेश भट्टराईले ‘कमेडी च्याम्पियन’का कमेडियन भरतमणि पौडेलको चर्चा गरेका छन् । एउटै जिल्ला ताप्लेजुगंका जिल्लाबासी भएको नाताले सर्मथन गर्दै आएका योगेशले सामाजिक सञ्जाल फेसबुकमार्फत् शनिबार कमेडी च्याम्पियनमा भरतमणिको धमकेदार र बबाल प्रस्तुती हेरेपछि उनको प्रतिभालाई तारिफ गरेका हुन् ।

भरतको प्रतिभाको चर्चा गर्दै योगेशले फेसबुकमा लेखेका छन् ( ुआजको धमकेदार र बबाल प्रस्तुतीले अब निर्धक्क भन्न सकिन्छ ताप्लेजुङ् ९ पाथिभरा ० को शिरबाट उदाएका भरतमणी पौडेल एक पछि अर्को भुगोललाई छिचोल्दै आफ्नो प्रभावलाई राष्ट्रब्यापी बनाउन सफल भएका छन । राम्रो अवसर पाए र आफैंले अझ मेहनत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्ने छ । भरतमणी भाई धेरै शुभकामना ।ु

शनिबारको प्रस्तुतीमा भरतमणीले पूर्वयुवराज पारस शाहको क्यारिकेचर गर्दै फाइनलमा प्रवेश गरेका छन् । पूर्वयुवराज शाहको गेटअपमा देखिएका भरतले क्यारिकेचरका क्रममा उनले पारशकै बोली, हाउभाउ गरेका थिए भने पारसको स्वाभाव र बानीबेहोराप्रति व्यंग्यात्मक प्रस्तुति दिँदा तालीको गडगडाहट सुनियो । भरतले आफ्नो प्रस्तुतीका क्रममा वर्तमान राजनीतिक परिस्थितिप्रति उनको कटु व्यङ्ग्य गर्दा दर्शकहरु हाँसिरहेो देख्न सकिन्थ्यो । हेर्नुहोस् यो रमाइले दृश्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर