हिजो ओलीलाई प्रतिगमनकारी, राष्टघाती र लोकतन्त्र विरोधी भन्नेहरु नै आज प्रतिगमन र राष्ट्रघातको पक्षमा उभिएका छन् — OSNepal

हिजो ओलीलाई प्रतिगमनकारी, राष्टघाती र लोकतन्त्र विरोधी भन्नेहरु नै आज प्रतिगमन र राष्ट्रघातको पक्षमा उभिएका छन्

LC (KTM) August 29, 2021 0

काठमाडौं भदौ १३ । नेकपा (एकीकृत समाजवादी) का नेता डा। वेदुराम भुसालले आफ्नै नेकपाका अध्यक्ष केपी ओलीले एमालेलाई जनविरोधी बनाउँदै समाप्त गरेको हेर्न नसकेर अर्को पार्टी गठन गरेको बताएका छन् ।

आज बिहान एक कार्यक्रममा नेता भुसालले केपी ओलीको औचित्य सकिइसकेको छ । निर्वाचन आयोग, अदालत जता गए पनि केही फरक पर्दैन । माधव नेपालको औचित्य छैन भने किन चिन्ता गरेको ? केपी ओलीले गाली गर्नबाहेक के जान्नुभएको छ ? केपीले सही कुरा कहिले गर्नुभएको छ ? उहाँ ठीक भएको भए हामी अहिले एमालेमै हुन्थ्यौं भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

कार्यक्रममा उनले आफ्नै समुहका १० जना साथस्हरले धोका दिएको पनि बताएका छन्। हिजो जिल्ला जिल्लामा गएर कमिटि बनाउनेहरुले नै आज ओलीको सामु आत्मसमर्पण गरेको समेत बताएका छन् ।

हिजो ओलीलाई प्रतिगमनकारी, राष्टघाती र लोकतन्त्र विरोधी भन्ने हाम्रा साथीहरुले नै प्रतिगमन र राष्ट्रघातको पक्ष लिएका बताउँदै आफ्नो पार्टीमा नआए वाग्मती र प्रदेश १ का मुख्यमन्त्रीलाई किन समर्थन गर्ने समेत भनका छन् ।

उनले भने, “हाम्रो पार्टीमा नरहँदा उहाँहरुलाई किन समर्थन गर्ने रु उहाँहरु कसैलाई पनि माधव नेपालको समर्थन रहँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर