नेपाललाई रावलको प्रश्न : कसैले अगाडि धकेल्दा धकेलिनेले पछाडि फर्काउन खोज्दा चाँही किन नफर्केको ? • OSNepal

नेपाललाई रावलको प्रश्न : कसैले अगाडि धकेल्दा धकेलिनेले पछाडि फर्काउन खोज्दा चाँही किन नफर्केको ?

Kabita Ghimire (KTM) August 29, 2021 0

काठमाडौँ १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेका उपाध्यक्ष भीम रावलले टिप्पणी गरेका छन् ।

हिजो शनिबार कार्यक्रममा सहभागी भएका नेता माधव नेपालले पार्टी खोलौं भनेर दोस्रो तहका नेताहरुले दबाव दिए तर पछि सबैले धोका दिएको भनेका थिए ।

यहि अभिव्यक्तिलाई लिएर नेता रावलले ट्वीटर मार्फत कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो भनेका छन् । नेता नेपालले उक्त कार्यक्रममा आफुलाई घचेडेर अगाडी पठाए फर्केर हेर्दा कोहि नभएको बताएका थिए ।

नेता रावलले द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता नभएको बताएका छन् । भने नेपाललाई लक्षित गर्दै उनले जिम्मेवारीबोध महत्वपूर्ण कुरा भएको समेत जनाएका छन् ।

उनले लेखेका छन् । ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर