नेकपा एमाले र जसपाका स्थानीय जनप्रतिनिधिलाई दल रोज्न निवार्चन आयोगले दियो भदौ २२ गते सम्मको समय — OSNepal

नेकपा एमाले र जसपाका स्थानीय जनप्रतिनिधिलाई दल रोज्न निवार्चन आयोगले दियो भदौ २२ गते सम्मको समय

LC (KTM) August 29, 2021 0

काठमाडौँ १३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई निवार्चन आयोगको आज बसेको बैठकले दल रोज्न भदौ २२ गते सम्मको समय दिएको छ ।

एमाले र जसपाबाट फुटेर बनेको नयाँ दलमा जान आयोगले जनप्रतिनिधिहरुलाई भदौ २२ गते सम्मको समय दिएको हो ।

संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न मिल्ने गरी गठवन्धन सरकारले अध्यादेश जारी गरेपछि बनेको नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले भदौ नौ गते दलको मान्यता पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर