बिग बोसमा शमिता शेट्टीको गर्दनमा राकेशले बनाए ट्याटु , किस गरे पछि गरे यस्तो रोमान्टिक डान्स — OSNepal

बिग बोसमा शमिता शेट्टीको गर्दनमा राकेशले बनाए ट्याटु , किस गरे पछि गरे यस्तो रोमान्टिक डान्स

LC (KTM) August 29, 2021 0

लडाई, झगडा तथा नाटक पछि बिग बोसको घरमा बितेको दिनमा धेरै माया तथा रोमान्स देखिन थालेको छ । बिग बोसका सबै प्रतिष्पर्धीहरु लाई एउटा टास्क दिइएको थियो जसमा घरमा रहेका सबै केटाहरुले आफ्नो कनेक्शनवाला केटीलाई स्पेशल महसुस गराउनु पर्ने रहेको थियो । यो टास्कमा केटाहरुले एकदमै राम्रो तरिकाले केटीहरुलाई खातिरदारी गरेका छन् ।

उनीहरुलाई मेकअप समेत गरिदिए । शो मा सबैभन्दा अडोरेबल कनेक्शन शमिता तथा राकेश बापटको देखिएको थियो । शमिता लाई एकदमै स्पेशल फील गराउनका लागि राकेशले शमितालाई फुट मसाज गरिदिएका थिए । त्यसपछि शमिताको घाँटीमा एकदमै राम्रो ट्याटु समेत बनाई दिएका थिए ।

राकेश यतिमा मात्रै थामिएनन् उनलाई अझै स्पेशल फील गराउन शोल्डर मसाज तथा ब्याक मसाज समेत गरिदिएका थिए । टास्कको लास्टमा सबै कनेक्शनहरुले डान्स समेत गर्नु पर्ने थियो । यस डान्समा शमिता र राकेशको केमेस्ट्रिले पुरै माहोल नै आफ्नो पक्षमा पारेको थियो ।

उनीहरुको कनेक्शन एकदमै गहिरो देखिएको छ । बिग बोसको घरमा कतिपय प्रतिष्पर्धीहरुले उनीहरु दुबै बीच लभ कनेक्शन समेत सुरु भएको अनुमान गर्न थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर