सरकारी तलब खाएर अमिताभ बच्चनको बडिगार्ड शिन्देले यसरी कमाउँदा रहेछन् करोडौ रुपैया, पुलिसले गरिदियो सरुवा — OSNepal

सरकारी तलब खाएर अमिताभ बच्चनको बडिगार्ड शिन्देले यसरी कमाउँदा रहेछन् करोडौ रुपैया, पुलिसले गरिदियो सरुवा

LC (KTM) August 29, 2021 0

बलिउडका महानायक अमिताभ बच्चनको पुलिस बडिगार्ड जितेन्द्र शिन्दे हालै आफ्नो सेलरीको बिषयमा एकदमै चर्चामा रहेका थिए । खबरका अनुसार उनको सेलरी १.५ करोड रुपैया बर्षेनी रहेको थियो । एउटा पुलिस बडिगार्डले बर्षेनी त्यत्रो पैसा कहाँ बाट कमायो भनेर उनलाई थप अनुषन्धानका लागि सरुवा गरिएको छ ।

जितेन्द्र माथि बिभागीय इन्क्वारी शुरु गरीएको छ । कन्स्टेबल जितेन्द्र शिन्देलाई मुम्बई पुलिस डिर्पाटमेन्टद्धारा अमिताभ बच्चनको बडिगार्डको रुपमा राखिएको थियो । केही बर्ष देखी उनी बडिगार्डको रुपमा रहेका थिए । हालै मिडियामा उनको बर्षेनी १.५ करोड आम्दानी रहेको खबर बाहिर आएको थियो ।

उनी माथी यतिका धेरै पैसा कहाँ बाट आयो भनेर जाँच भईरहेको छ । शिन्देले पुलिस अधिकारीहरु संग बताए अनुसार सेक्युरिटी एजेन्सी पनि चलाईरहेका छन् । त्यहि एजेन्सीको माध्यमबाट कैयौ सेलिब्रेटीहरुलाई सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको उनले स्यंम बताएका छन् । सिन्देका अनुसार उक्त एजेन्सी उनकी श्रीमतीले चलाईरहेकी छिन् ।

यस बिषयमा अनुषन्धान भईरहेको मुम्बई पुलिसले जनाएको छ । शिन्देले अमिताभले आफुलाई १.५ करोड दिएको भन्ने कुरा गलत रहेको बताएका छन् । मुम्बई पुलिसका अनुसार कुनै पनि पुलिसलाई एक ठाउँमा ५ बर्ष भन्दा बढी पोस्टींग हुदैन । जितेन्द्र अमिताभ संग २०१५ देखी काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर