छोरा सलमान खानसँग किनसँगै यात्रा गर्न रुचाउँदिनन् आमा — OSNepal

छोरा सलमान खानसँग किनसँगै यात्रा गर्न रुचाउँदिनन् आमा

LC (KTM) August 30, 2021 0

बलिउडका चर्चित स्टार सलमान खान उनी निकटका संग एकदमै मिजासिलो र बढी रेला ठट्टा गर्ने स्वभावका रहेका छन् । उनी आफ्नो परिवारमा पनि यस्तै छन् आफ्नो आमा संग । सलमानको उनकी आमा सलमा संग एकदमै राम्रो बोन्डिंग रहेको छ । धेरै जसो गरी आफ्नो आमा संग एकदमै नजिक रहन्छन् सलमान ।

तर यति नजिक रहने आमाले एक शो मा आफ्नै छोराको बिषयमा यति गोप्य कुरा खोलिदिए पछि सलमान आफै चकित परेका छन् । उनकी आमाले फरहान खानको च्याट सोमा उपस्थित भएको बेला यो राज खोलि दिएकी हुन् । उनका अनुसार सलमानले चलाएको गाडीमा बस्न आफुलाई एकदमै डर लाग्छ ।

उक्त शो मा सलमानकी आमाले भनेकी थिईन् सलमानले गाडी चलाएको बेला म उसँग बस्दिन ।’ सलमानले आमा संग यो कुरा सुनेपछि सोधेका थिए कि मैले गाडी चलाएको बेला तपाई किन गाडीमा बस्नु हुन्न ? मेरो ड्राइभिङलाई लिएर मान्छेका बीचमा गलत धारणा बनाईदि रहनु भएको छ भन्दै रिसाएका थिए ।

तर सलमाले आफुले जुन कुरा भन्न खोजेको त्यसलाई नकरात्मक रुपमा लिदैछौ भन्दै सलमान लाई उनको ड्राइभिङ गर्दाको नराम्रो बानीको बारेमा बताएकी थिर्यन् । उनले भनिन् सलमानलाई ट्राफिक सिग्नलमा रोक्न मन लाग्दैन। गाडी घुमाएर बस्छ, अनि मलाई चक्कर आउन थाल्छ।’

उनले यस शो मा छोराको ड्राइभिङबारे कुरा गरिरहँदा सलमान विरुद्ध मुद्दा चलिरहेको थियो। उनले कालो हरिण मारेको, बाटामा सुतिरहेका ५ जना माथि बाट कार कुदाउँदा एक जनाको मृत्यु भएको थियो । यस घटनाका कारण सलमानलाई अझै पनि राम्रो दृष्टिकोणले हेर्ने गरिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर