सञ्जय लीला भन्सालीको ‘हिरामन्डी’ मा अभिनेत्री मनिषा कोइरालाले अभिनय गर्ने — OSNepal

सञ्जय लीला भन्सालीको ‘हिरामन्डी’ मा अभिनेत्री मनिषा कोइरालाले अभिनय गर्ने

LC (KTM) August 30, 2021 0

मुम्बई । बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीको महत्वकांक्षी सिरिज ‘हिरामन्डी’ मा अभिनेत्री मनिषा कोइरालाले काम गर्ने भएकी छन् । उक्त सिरिजमा उनीसहित १८ अभिनेत्रीको अभिनय रहने भारतीय सञ्चार माध्यमले जनाएका छन् । चलचित्रमा १९औँ शब्ताब्दीदेखि भारत पाकिस्तान विभाजनसम्मको कथा रहने छ । यस चलचित्रमा भन्सालीले १८ जना अभिनेत्री फाइनल गरेका छन् ।

चलचित्रमा अभिनेत्री मनिषासँगै जुही चावला, सोनाक्षी सिन्हा, संजीदा शेख, निम्रत कौर, डायना पेन्टी लगायतसँग भन्सालीले सम्झौता गरिसकेका छन् । चलचित्र अभिनेत्री जुही चावला अतिथि भूमिकामा देखिने जनाइएको छ । अन्य अभिनेत्री भने बाँकी पूरै सिरिजमा रहने छन् ।
अभिनेत्री मनिषासँग भन्सालीले दोस्रोपटक काम गर्न लागेको हुन् । उनले २५ वर्षअघि भन्सालीले निर्देशनमा डेब्यु गरेको चलचित्र ‘खामोसी दि म्युजिकल’ मा प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । सौर्य दैनिकमा खबर छ । सिरिजमा मनिषा जवान र अधवैंशे दुवै उमेर समूहमा देखिने छन् । पाकिस्तानको लाहोर हुँदै सिरिज मुम्बईमा आएर सकिने निर्माण पक्षले जनाएको छ । अन्य अभिनेत्री र कलाकारसँग भने अहिले सम्पर्क भइरहेको र छिट्टै नाम फाइनल गरिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यस चलचित्रमा केही समयअघि अभिनेत्री माधुरी दीक्षितले काम गर्ने चर्चा चले पनि भन्सालीले यसको खण्डन गर्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

आठ भागको हुने यो सिरिज नेटफ्लिक्समा सार्वजनिक हुनेछ । सिरिजको पहिलो र अन्तिम एपिसोड भन्सालीले र अन्य भाग विभु पुरी र मताक्षरा कुमारले निर्देशन गर्नेछन् । पाकिस्तानको लाहोरमा रहेको यो ठाउँ वेश्याको अखडाको रूपमा चर्चित थियो । भन्सालीले भने यसलाई गीत संगीतको साधना गर्ने थलोको रुपमा प्रस्तुत गर्न लागेका हुन् । यो सिरिजको केही समयपछि छायांकन हुने निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर