पार्टीका जनप्रतिनिधिलाई माधव नेपालको पार्टी नरोज्न भन्दै ओलीले जारी गरे अन्तरपार्टी निर्देशन — OSNepal

पार्टीका जनप्रतिनिधिलाई माधव नेपालको पार्टी नरोज्न भन्दै ओलीले जारी गरे अन्तरपार्टी निर्देशन

LC (KTM) August 30, 2021 0

काठमाडौँ १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीका स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधिलाई माधव नेपालको नेकपा एकिकृत समाजवादी पार्टीमा नजान दिर्नेश दिएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन जारी गर्दै एमाले नछोड्न र नेपाल तिर नजान निर्देश्न गरेको हो ।

गठवन्धन सरकारले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेपछि एमालेबाट फुटेर बनेको नेकपा एस पार्टीमा नजान ओलीले निर्देशन गरेका हुन् ।

निवार्चन आयोगले भदौ २२ गते सम्म स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधिलाई दल रोज्न समय दिएसँगै ओलीले अन्तर पार्टी निर्देशन जारी गरेका हुन् ।

जारी अन्तर पार्टी निदेैशनमा भनिएको छ , ‘पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको छ । अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर