पहिलोपटक किस सिन दिएको यो फिल्मले नै स्टार बनाएको थियो यि अभिनेत्रीलाई — OSNepal

पहिलोपटक किस सिन दिएको यो फिल्मले नै स्टार बनाएको थियो यि अभिनेत्रीलाई

LC (KTM) August 30, 2021 0

काठमाडौँ-सन् ९० को दशककी चर्चित अभिनेत्री हुन्, करिश्मा कपुर । अहिले मूलधारको फिल्मबाट टाढा छिन् । कपुुर खानदानको भए पनि बलिउडमा बलियो स्थान बनाउनका लागि उनले निकै संघर्ष गर्नुपरेको थियो ।

करिश्माले १५ वर्षको उमेरमै फिल्ममा डेब्यु गरिसकेकी थिइन् । उनको पहिलो फिल्म प्रेमकैदी १९९१ मा रिलिज भएको थियो । उनको अपोजिटमा साउथ अभिनेता हरिश कुमार थिए । जब उनले बलिउडमा प्रवेश गरिन्, उनको खुब मजाक बनाइएको थियो । उनलाई केटाजस्तो देखिने भनेर उडाइएको थियो । नयाँ पत्रिकामा खबर छ ।

आमिर खानसँगको उनको फिल्म राजा हिन्दुस्तानी सुपरहिट भयो । यही फिल्मले करिश्मालाई स्टार बनाएको थियो । तर, यो फिल्म करिश्मालाई भन्दा पहिले ऐश्वर्यालाई अफर गरिएको थियो । ऐश्वर्याले त्यो समय पढाइलाई प्राथमिकता दिएको कारण इन्कार गरिदिएकी थिइन् । यही फिल्ममा करिश्माले पहिलोपटक किस सिन दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर