फेरि प्रधानमन्त्री बन्न ओलीको यो दाउ — OSNepal

फेरि प्रधानमन्त्री बन्न ओलीको यो दाउ

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ वैशाख । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओली अल्पमतमा परेका छन् । संविधानको धारा ७६ को उपधारा १ बमोजिम बहुमतको प्रधानमन्त्री बनेका ओली यतिबेला माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका हुन् ।

भोली विश्वासको मत संसद मा लिने तयारीमा बसेका ओलीलाई माधव नेपाल समुहका सांसदहरुले २४ घण्टे अल्टिमेटन दिएका छन् । आज सामुहिक राजीनामा दिन स्थायी कमिटिको बैठक बस्न लागेको नेपाल समुहले राजीनामा दिए विश्वासको मत पाउनसक्ने सम्भावना न्युन भएर जान्छ । यता,विश्वासको मत लिन नसकेमा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले प्रधानमन्त्री बन्ने रणनीतिमा रहेको पनि बुझिएको छ ।

तर पनि विपक्षी दलका नेताहरु भने ओलीलाई सरकारलाई ढालेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागि परेका छन् ।ओलीलाई फेरि प्रधानमन्त्री बन्न नदिन संविधानको धारा ७६ को उपधारा २ बमोजिम नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समिकरणको बहुमतको सरकार बनाउन लागि परेका हुन् । सुर्य चिन्हबाट प्रत्यक्ष निर्वाचित २१ नेपाल समुहका सांसदहरुले राजीनामा दिने तयारीमा लागेका बेला ओलीको विश्वासको मत लिने निणर्य कति मत पाउने हो यो चर्चाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर