सन्नी देवलको हिट फिल्म ‘गद्दर’ को सिक्वेल बन्ने, सन्नी र अमिशाले नै जोडी बाँध्ने — OSNepal

सन्नी देवलको हिट फिल्म ‘गद्दर’ को सिक्वेल बन्ने, सन्नी र अमिशाले नै जोडी बाँध्ने

LC (KTM) August 30, 2021 0

काठमाडाै‌ , १४ भदाै-सन्नी देओलको सफल फिल्ममध्येको एक हो ‘गद्दर : एक प्रेम कथा’ । यसै फिल्ममार्फत सन्नीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय गरे ।

सन् २००१ जुन १५ मा रिलिज भएको फिल्मको लागत १७ करोड थियो भने यसले दुई सय ५६ करोड बराबरको ग्रस कलेक्सन गरेको थियाे । यस हिसाबले पनि बलिउडले सय करोड क्लबमा इन्ट्री गर्ने सपना ‘गद्दर’ बाट पनि पूरा गरेको थियो ।

अनिल शर्माको निर्देशनमा तयार भएको फिल्ममा भारतीय युवा र पाकिस्तानी युवतीको प्रेम कथा देखिएको थियो । फिल्ममा सन्नीको को-स्टार थिइन् अमिशा पटेल । यसै फिल्मको सिक्वेल बन्ने चर्चा पछिल्लो समय सुरु भएको छ ।

सिक्वेलको कथा पहिलो भागसँगै जोडिएर अगाडि बढ्ने र यसमा पनि सन्नी र अमिशाको लभलाई दर्शकले देख्न पाउने छन् । ‘गद्दर’ को कथा सन्नी र अमिशाको प्रेमविना अगाडि बढाउन सकिँदैन’ फिल्मका निर्माता नितिनले एक अन्तर्वार्तामा भने । फिल्ममा नयाँ पुस्ता पनि हुनेछन । फिल्मलाई नितिन केनीले निर्माण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर