महेन्द्र राय यादवको प्रश्न :ओलीका प्रतिगामी समर्थन ठाकुरलाई सरकारमा जान कुन नैतिकताले दिन्छ ? — OSNepal

महेन्द्र राय यादवको प्रश्न :ओलीका प्रतिगामी समर्थन ठाकुरलाई सरकारमा जान कुन नैतिकताले दिन्छ ?

LC (KTM) August 31, 2021 0

काठमाडौँ भदौ १५ । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले प्रतिगामीका समर्थन महन्थ ठाकुर– राजेन्द्र महतो समुहलाई सरकारमा जान नैतिकताले नदिने बताएका छन् ।

आज बिहान एक कार्यक्रममा सहभागी भएका नेता रायले केपी ओलीको प्रतिगामी कदममा समर्थन गरी लोकतन्त्रको हत्या गर्न खोज्ने ,संविधान समाप्त गर्न लागि परेका यस्ता समुह जो संसद् विघटनको साक्षी भए ,अब सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारमा जानलाई यो समुहको कुन नैतिक अधिकारले दिन्छ भनी प्रश्न गरेका हुन् ।

हामी त राजनीतिक स्थिरता र निश्चित एजेन्डाका साथ सरकारमा जाने हो, उहाँहरु कुन एजेन्डा लिएर सरकारमा सामेल हुने ? रायले कार्यक्रममा ठाकुर पक्षलाई लक्षित गर्दै प्रश्न गरे ।

ठाकुर समुह जुनसुकै सरकारमा जान पनि खुट्टा उचाल्ने राजनीतिक चरित्र नभएको समुह समेत भएको उनको ठहर छ । गठवन्धन सरकारलाई चुनावसम्म जोगाउनु पर्ने बताएका उनले सरकारमा जान आफ्नो दलबाट कुनै हानथाप नभएको बताएका छन् ।

आफ्नो जसपा जनताको भरोसा र विश्वासको पार्टी भएकोले पार्टी प्रवेशमा लहर नै चलेको दावी समेत उनले गरेका छन् ।

‘देशभरि वैकल्पिक शक्ति बन्ने उत्साह छ । जसपा जनताको भरोसा र विश्वासको पार्टी भएको छ । पहिचान र अधिकारको लागि विविधता अँगालेको पार्टी भएको छ ‘ कार्यक्रममा उनले अघि भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर