२० वर्ष देखि जारी अफगानिस्तानको विद्रोही समूह तालिवान र अमेरिकाको युद्ध अन्त्य — OSNepal

२० वर्ष देखि जारी अफगानिस्तानको विद्रोही समूह तालिवान र अमेरिकाको युद्ध अन्त्य

LC (KTM) August 31, 2021 0

काठमाडौं १५ भदौ । करिब २० देखि जारी अफगानिस्तान र अमेरिकाको युद्ध अन्त्य भएको छ । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हवाई हमला भएपछि त्यसको बदला स्वरुप अमेरिकाले अफगानिस्तानका विद्रोही समूह तालिवानलाई निसाना बनाई लडाई सुरु गरेको थियो ।

जब तालिवान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरे त्यसपछि तालिवानले अगष्ट ३१ २०२१ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता हुनु पर्ने भन्दै अमेरिकालाई अल्टिमेटम दिएका थियो । जसपश्चात अमेरिकाले दिएको समय अगावै आफ्नो राजदुत तथा सेना फिर्ता बोलाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिवानसँग युद्ध अन्त्य गर्ने सम्झौता गरेसँगै अमेरिकी सैनिकहरू फिर्ता भएका हुन् । अमेरिकी सैनिक फिर्ता भएसँगै तालिवानले हवाई फायर गरी उत्सव मनाएका थिए ।

२० वर्ष लामो युद्धमा अमेरिकाले २४ सयभन्दा धेरै सैनिक गुमाएको बताइएको छ । त्यस्तै तालिवानले पनि ठूलो मात्रामा धन जनको क्षति बेहोर्नु परेको छ ।

गएरातिको अमेरिकाको अन्तिम उडानमा अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमाण्डर जनरल क्रिश डोनाह्यु सहभागी भएको बीबीसीले जनाएको छ ।

यसैबिच फौज फिर्तीबारे मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी जनतालाई सम्बोधन गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर