प्रदेश २ का जसपाका १० सांसदले गरे महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक जनता समाजवादी पार्टीमा सनाखत — OSNepal

प्रदेश २ का जसपाका १० सांसदले गरे महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक जनता समाजवादी पार्टीमा सनाखत

LC (KTM) September 01, 2021 0

जनकपुरधाम १६ भदौ । जनता समाजवादी पार्टी नेपाका प्रदेश २ का १० जना सांसदले महन्थ ठाकसर नेतृत्वको लोकतान्त्रिक जनता समाजवादी पार्टी 9लोसपा) रोजेका छन् ।

आज बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर ति १० जना सांसदहरुले लोसपामा सनाखत गरेका हुन् ।

जसपा छोडेर लोसपामा जाने सांसदहरुमा सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह रहेका छन् ।

दल विभाजन सम्बन्धि अध्यादेश सरकारले जारी गरेपछि जसपाबाट फुटेर बनेको लोसपाको नेतृत्व भने महन्थ ठाकुरले गरेका छन् ।

अध्यादेश जारी भएसँगै निवार्चन आयोगले दल रोज्न जनप्रतिनिधिहरुलाई भदौ २२ गते सम्मको समय दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर