नेकपा एमाले फुटको संघारमा — OSNepal

नेकपा एमाले फुटको संघारमा

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ वैशाख । सम्भवत अब नेकपा एमाले फुटको संघारमा पुगिसकेको छ । भोली बैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले संसदमा लिने विश्वासको मत भन्दा अगाडी नेपाल समुहका प्रत्यक्ष निवार्चित सांसदहरुले राजीनामा दिने निणर्यले पनि अब नेकपा एमाले फुटेको बुझ्न सकिने भएको हो ।

नेपाल र ओली दुवै आ -आफ्नो निणर्यमा अडान लिएर बस्दा आज यस्तो स्थित आएको हो । नेकपा एमालेमा कुल १२१ सांसदहरु रहेकोमा नेपाल समुहमा प्रत्यक्ष निर्वाचित २१ सांसद रहेका छन् ,भनेओली समूहमा ५८ जना रहेका छन् । यदि नेपाल समुहका १५ जना सांसदहरुले मात्र राजीनामा दिए पनि ओली विरुद्ध बहुमतको समिकरण पुग्ने भएको छ । यसलाई रोक्न पनि ओली लागेका छन् ।

विश्वासको मत लिन असफल भएमा ओलीले अरुलाई बहुमतको प्रधानमन्त्री बन्नबाट रोकेर आफू सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्ने रणनीतिमा छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर