आचारसंहिता विपरीत मत मागेका प्रधानमन्त्री ओलीलाई अब के कारवाही ? — OSNepal

आचारसंहिता विपरीत मत मागेका प्रधानमन्त्री ओलीलाई अब के कारवाही ?

LC (KTM) May 19, 2021 0

काठमाडौँ ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन ‘मौन अवधि’ उल्लंघन मत मागेको भन्दै निवार्चन आयोगले आपत्ती जनाएको छ । प्रधानमन्त्री ओलीले रामबहादुर थापा बादललाई बागमती प्रदेश राष्ट्रिय सदस्य निर्वाचत जिताउन जारी गरेको वक्तव्य प्रति आयोगले आपत्ती जनाउँदै आचासंहिता विपरित भएको जनाएको हो ।

भोली जेठ ६ गते हुन गइरहेको निवार्चनमा एमालेमै मत विभाजन हुने भएपछि ओलीले बादलको लागि अपिल गरेका हुन् । ओलीले जारी गरेको वक्तव्यमा आधिकारिक उम्मेद्धवार रामबहादुर थापा बादललाई अत्यधिक बहुमतले जिताउन पार्टी पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । साथै मत नदिए क्षम्य नहुने धम्कीसमेत दिएका छन् । यसरी यस्तो समयमा फेसबुक, एसएमएस , भाइबर जस्ता विद्युतीय माध्यमबाट र सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जेठ तिन गतेबाट नै मौन अवधि सुरु भइसकेको आयोगले जनाएको छ । आयोगले भनेको थियो, ‘मौन अवधिमा एस।एम।एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्‍न र निर्वाचन प्रचार-प्रसार गर्न नहुने, उम्मेद्‍वार वा राजनीतिक दलको प्रचार(प्रसार हुने गरी कुनै पनि समाचार वा सूचना प्रकाशन वा प्रसारण नहुने ।’तर हिजो मात्रै बादल माधव नेपाललाई सहयोग गरिदिनु पर्यो भन्दै नेपाल निवास पुगेका थिए ।

बादलको लागि अ‍ोलीले अग्रजहरूले अत्यन्त कष्टका साथ जन्माएको, हुर्काएको र जनताको माया एवम्‌ विश्वासका जगमा यस बिन्दुसम्म आइपुगेको पार्टीलाई विभिन्‍न समयमा विभिन्‍न कोणहरूबाट कमजोर पार्ने प्रयासहरू पनि हुँदै आएका छन्‌ । ती सबै प्रयासलाई चिर्दै पार्टी यहाँसम्म आइपुगेको छु यस निर्वाचनमा एकतावद्ध भएर आफूनो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु भनी अपिल गरेका छन् ।

आचारसंहिता विपरीत मत मागेमा २०७३ अनुसार कारवाही हुने व्यवस्था रहेको छ । आचार संहिता उल्लंघन जारी राखेमा १ लाख जरिवाना हुने समेत व्यवस्था रहेको छ । अब ओलीलाई कारवाही हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर