नायिका केकी अधिकारी पछि वर्षा राउतलाई पनि कोरोना संक्रमण — OSNepal

नायिका केकी अधिकारी पछि वर्षा राउतलाई पनि कोरोना संक्रमण

LC (KTM) May 09, 2021 0

काठमाडौं- नायिका वर्षा राउतलाई पनि कोरोना देखिएको छ । उनले आफुलाई कोरोना लागेको कुरा सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् । आफ्नो गन्ध हराएर चेक गर्दा कोरोना देखिएको उनले बताएकी छन् ।

उनले, आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन् । आफू ठिक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छिन् ।

वर्षाले चाडै नै ठिक भएर काममा फर्किने अपेक्षा समेत गरेकी छिन् । उनले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् । यस अघि नायिका केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, प्रकाश सपुत, दिपक आचार्य, सरिता लामिछाने, शिल्पा मास्के, निर्देशक ऋषि लामिछाने लगायतालाई पनि कोरोना लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर