अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा परी एकै परिवारका ३ नेपालीको निधन — OSNepal

अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा परी एकै परिवारका ३ नेपालीको निधन

LC (KTM) September 03, 2021 0

काठमाडौं- अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा परी एकै परिवारका ३ नेपालीको निधन भएको छ । निधन हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका रहेका छन् ।

अमेरिकामा आइडा नामक आँधी र भीषण वर्षाका कारण अहिले सम्म ४५ जनाको मृत्यु भइसकेको छ भने न्यूजर्सीमा मात्र २३ जनाको मृत्यु भएको छ ।न्यूयोर्कका सडकहरु डुबानमा परेका छन् । धेरैजसो रेल सेवा अवरुद्ध भएको छ । हवाई उडानहरु पनि रद्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर