ज्यान प्रदेश मन स्वदेश : विश्व भर छरिएर रहेका अर्घाखाँचीबासीद्वारा अस्पताललाई सहयोग — OSNepal

ज्यान प्रदेश मन स्वदेश : विश्व भर छरिएर रहेका अर्घाखाँचीबासीद्वारा अस्पताललाई सहयोग

LC (KTM) May 19, 2021 0

अर्घाखाँची ।विपत नियन्त्रणका लागि विश्व भर छरिएर रहेका अर्घाखाँचीबासी एक जुट भएका छन। विदेशमा पसिना संग पैसा साट्न मन नहुँदा नहुदै आफ्नो घर परिवार साथी भाई सबै चट्क छाडि विदेशी न बाध्य भएका युवाहरुले अस्पताललाई सहयोग गरेका हुन ।

अर्घाखाँची समाज अष्ट्रेलियाले बुधवार अर्घाखाँची जिल्ला अस्पताललाई दुई थान अक्सिजन कन्सन्टेटर सहयोग गरेको छ ।जिल्ला अस्पताल समितिका अध्यक्ष श्रीकृष्ण भुसाल, जिल्ला अस्पतालका डा. कपिल गाैतम, सदस्य मेनका पाैडेललाई हस्तान्तरण गरिएको थियो ।

यस्तै अर्घाखाँची समाज जापानले जिल्ला अस्पताल अर्घाखाँचीकाे लागि ५ वटा ईलेक्ट्रिक अक्सिजन मेसिन खरिदका लागि ४ लाख ५० हजार आर्थिक सहयाेग नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक खनाल द्वारा अस्पताल लाइ हस्तान्तरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर