नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीको प्रदेश २ मा बहुमत — OSNepal

नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीको प्रदेश २ मा बहुमत

LC (KTM) September 03, 2021 0

काठमाडौँ १८ भदौ । माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीको प्रदेश २ मा बहुमत पुगेको छ ।

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एस पार्टीको प्रदेश २ मा बहुमत पुगेको हो । निवार्चन आयोगले स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गते सम्मको समय दिएका थिए ।

सोही अनुरुप प्रदेश २ का ११ जना सांसदले नेकपा एस रोजेका हुन् । जसमा संसदीय दलका नेता रहेका शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेची लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादव रहेका छन् ।

जसमा दिल्लीमा उपचार गराइरहेका डिल्लीप्रसाद उप्रेतीले भने हिजै साँझ निर्वाचन आयोगको स्वीकृतिमा त्यहाँस्थित नेपाली दूतावासमार्फत नेकपा एस पार्टीमा सनाखत गरिसकेका छन् ।

उनी सँगै ११ जनाले नेकपा एस पार्टी रोजेपछि २१ जना सांसदरहेका एमालेको प्रदेश २ मा नेपालको नेतृत्वको नेकपा एसमा बहुमत पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर