चट्याङ लागेर घाइते भएका अर्जुनको मृत्यु — OSNepal

चट्याङ लागेर घाइते भएका अर्जुनको मृत्यु

LC (KTM) September 03, 2021 0

तनहुँको भिमाद नगरपालिकामा चट्याङ लागेर आज एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद–९ ढुङढुङ्गेका २४ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर बाहिर काम गर्दै गर्दा चट्याङ लागेर घाइते भएका विकको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर