आचारसहिंता उल्लंघन गर्ने प्रधानमन्त्री ओलीलाई कारवाही गर्नुपर्ने कांग्रेसको माग — OSNepal

आचारसहिंता उल्लंघन गर्ने प्रधानमन्त्री ओलीलाई कारवाही गर्नुपर्ने कांग्रेसको माग

LC (KTM) May 19, 2021 0

काठमाडौँ ५ जेठ । निर्वाचन आयोगको आचार संहिता उल्लंघन गर्ने प्रधानमन्त्री केपी ओली प्रति नेपाली कांग्रेसले आपत्ती जनाएको छ । आज प्रधानमन्त्री ओलीले भोली जेठ ६ गते हुने राष्ट्रिय सभा निवार्चनको लागि गृहमन्त्री रामबहादुर थापालाई मतदान गरी जिताऔँ भन्दै वक्तव्य निकालेको प्रति कांग्रेसले आपत्ती जनाएको हो ।

जेठ तिन गतेबाट नै आयोगले मौन अवधि सुरु गरेको थियो । तर, ओलीले त्यसको वेवस्ता गर्दै आज मतको लागि सबैसँग अपिल गरेका थिए । आज बसेको नेपाली कांग्रेसको संसदीय दल, कार्यसमितिको बैठकमा निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने माग गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर