काठमाडौंमा फेरि सुरु भयो वर्षा — OSNepal

काठमाडौंमा फेरि सुरु भयो वर्षा

LC (KTM) September 06, 2021 0

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा फेरि वर्षा सुरु भएको छ । आइतबार राति काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो । सोमबार दिउँसो काठमाडौंको मौसम सफा रहे पनि राति ९ बजेबाट पुन: वर्षा हुन थालेको छ ।

उत्तर पश्चिमी बंगालको खांडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै मनसुनी गतिविधि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम मंगलबारसम्म प्रतिकूल रहने महाशाखाको पूर्वानुमान छ । आज राति वाग्मती प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर