पूर्वसांसद एवम् एमाले नेता योग नारायण यादवको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन — OSNepal

पूर्वसांसद एवम् एमाले नेता योग नारायण यादवको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन

LC (KTM) May 20, 2021 0

काठमाडौं । पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादवको निधन भएको छ । उनको गएराती ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । यादवका दुवै मिर्गौला खराब थिए । मिर्गौला प्रत्यारोपणको तयारीअनुसार अस्पताल भर्ना भएको उनको उपचारकै क्रममा निधन भयो ।योगनारायण यादव नेकपा एमालेका नेता हुन् ।

उनी २०५६ सालमा सांसद निर्वाचित भएका थिए ।विद्यालय व्यवस्थापन समिति गठनको विवादमा झडप हुँदा दुई जनाको मृत्यु भएको घटनामा यादव मुछिएका थिए । जिल्ला अदालतले वारेन्ट जारी गरेपछि यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउसमेत गरेको थियो । उनको घर भने धनुषाको सबैला नगरपालिका वडा नं। १ मा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर