नेकपा माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार — OSNepal

नेकपा माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार

LC (KTM) May 20, 2021 0

बुटवल ६ जेठ । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि तीनजनाको समूहले गोली प्रहार गरेको छ । गएराति तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि मोटरसाइकलमा आएको उक्त समुहले गोली चलाएको हो ।

गोली प्रहारबाट गम्भिर घाइते भएका पाण्डेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज उपचार भइरहेको छ । उनको शरीरमा लागेको दुई गोलीमा एक गोली भने निकालि सकिएको छ, भने एक गोली शरीरमै भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि दुईवटा गोली लागेको छ भने अहिले उनको अवस्था ठिकै भएको बुझिएको छ ।

व्यवसायीक लेनदेनका कारण गोली चलाएको प्रहरीको प्रारम्भिक अनुशन्धानले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर