बजेट ल्याउन नौ दिन बाँकी रहँदा आज मन्त्रिपरिषद्को बैठक — OSNepal

बजेट ल्याउन नौ दिन बाँकी रहँदा आज मन्त्रिपरिषद्को बैठक

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । आज दिउँसो नेकपा एमालेको स्थायी कमिटिको बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बजेट ल्याउन मात्र ९ दिन बाँकी रहँदा आज बजेको विषयमा नै छलफल गर्न मन्त्रपरिषद्का बैठक बस्न लागेको हो ।

सरकारले विश्वासको मत नलिएसम्म पुर्ण बजेट ल्याउन नमिल्ने अर्थविद्को तर्क रहेको छ । पुर्ण बजेट ल्याउनु १५ दिन अघि नै प्रि-बजेट छलफल समाप्त भइसक्नुपर्ने भन्ने व्यवस्था भएतापनि सरकारले संसदको बजेट अधिवेशन आह्वान नै गरेको छैन ।

बैठकमा बजेट अधिवेशन बोलाउने, प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर