मस्जिदमा नाचेको भन्दै पाकिस्तानी अभिनेत्री लाई अदालतले जारी गर्यो पक्राउ पुर्जी — OSNepal

मस्जिदमा नाचेको भन्दै पाकिस्तानी अभिनेत्री लाई अदालतले जारी गर्यो पक्राउ पुर्जी

LC (KTM) September 09, 2021 0

कहिले काही नसोचेको झमेला भोग्नु पर्छ सेलीब्रेटीहरुले । कहिले काही आफ्ना फिल्म, गीत, संगीत तथा फोटोहरुले धार्मिक खलल पुर्याएको त कहिले सांस्कृतिक बिचलन ल्याएको , कुनै सम्प्रदायमाथी चोट पुगेका घटनाहरु सेलीब्रेटी कलाकारहरुमा आरोप आउने गरेको छ ।

यस्तै भएको छ पाकिस्तानी अभिनेत्री सबा कमर संग पनि । उनी विरुद्ध पाकिस्तानी अदालतले पक्राउ पूर्जी नै जारी गरेको छ । उनले पाकिस्तानको लाहौरमा रहेको एक ऐतिहासिक महत्व बोकेको मस्जिदमा गीतको भिडियो शूट गरेको आरोप लागेको छ । उनलाइ यहि मुद्धामा पक्राउ पूर्जी जारी गरिएको हो ।

अभिनेत्री सबा कमर मात्र हैन यो केसमा गायक बिलाल सइद समेत फसेका छन् । उनीहरु दुबै जनाअदालतको सुनुवाईमा उपस्थित नभएका कारण लाहौरको मजिस्ट्रियल अदालतले दुबै जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको जनाएको छ । साथै अदालतले ६ अक्टोवरसम्मका लागि सुनुवाई पनि स्थगित गरेको छ ।

विवाद बढ्दै गएपछि अभिनेत्री सबा कमर र गायक बिलाल सइदले माफी पनि मागेका थिए । तर उनीहरुको माफीले मात्र नपुग्ने देखिएको छ । दुबै जनाले अदालतको चक्कर काट्नपर्ने देखिएको छ । उनले इरफान खान संग बलिउड फिल्ममा पनि काम गरिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर