मुखाले कंगनालाई एक पछि अर्को झड्का — OSNepal

मुखाले कंगनालाई एक पछि अर्को झड्का

LC (KTM) September 10, 2021 0

मुम्बई । बम्बई उच्च अदालतले बलिउड अभिनेत्री कंगना रनौतले दायर गरेको उजुरीलाई खारेज गरेको छ । गीतकार जावेद अख्तरले कंगनाविरुद्ध दर्ता गरेको अपराधिक मानहानीको मुद्दालाई रद्ध गर्न कंगनाले गरेको उजुरीलाई अदालतले खारेज गरेको हो । गत वर्षको मार्चमा उनले यस मुद्दामा जमानत पाएकी थिइन् । अभिनेत्री कंगनामाथि गीतकार जावेदलाई आधारहीन आरोप लगाएर उनको नाम खराब गर्ने कोशिस गरेको आरोप लगाइएको थियो । पटक पटक अदालतमा बोलाउँदा पनि कंगना उपस्थित नभएपछि उनीविरुद्ध अदालतले पक्राउ पुर्जी नै जारी गरेको थियो ।

उनले गत वर्ष एक सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा जावेदले आफूलाई घरमा बोलाएर धम्की दिएको जिकिर गरेकी थिइन् । अभिनेत्री कंगनाको भनाई अनुसार अख्तरले उनले राकेश रोशन र उनको परिवारको बारेमा बोलेको कुरामा माफी नमागे जेलसम्म पठाउन सक्ने धम्की दिएका थिए । कंगनाको यो अन्तर्वार्ता आउपछि अख्तरले उनीविरुद्ध उजुरी दिएका थिए ।सौर्य दैनिकमा खबर छ । जावेदको उजुरीपछि कंगनाविरुद्ध अदालतमा अपराधिक मानहानीको मुद्दा चलेको थियो । कंगनाले उक्त मुद्दालाई रद्द गर्न दिएको उजुरीलाई न्यायाधीश रेवती मोहिते डेरेको एकल इजालसले खारेज गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर