‘संसार जित्ने राजा...’ मा सत्य र संगीतराज आचार्यको अभिनय, हेर्नुहोस् भिडियो — OSNepal

‘संसार जित्ने राजा…’ मा सत्य र संगीतराज आचार्यको अभिनय, हेर्नुहोस् भिडियो

LC (KTM) September 10, 2021 0

कठमाडौँ । लोकप्रिय गायक सत्यराज आचार्यको निर्देशन रहेको संसार जित्ने राजा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । संगीत सात वर्ष पूरा भएको अवसरमा जन्मदिनको शुभकामना स्वरुप सत्यले सार्वजनिक गरेको भिडियोमा सत्यसँगै बाल कलाकार संगीतराज आचार्यको पनि अभिनय देखिन्छ ।

सत्यराजको स्वर रहेको गीतमा युग यमनको शब्द तथा संगीत रहेको छ । गीतले प्रेमिल जोडी र सन्तान जन्मिन लाग्दाको खुसीसँगै सन्तान प्राप्तीसँगै जीवनसाथी गुमाउनुपर्दाको पीडालाई उजागर गरेको छ । आमाको भूमिकामा मेलिना ठकुरीलाई देख्न सकिन्छ ।

अलि बुझ्ने भएपछिको संगीतको यो पहिलो म्युजिक भिडियो हो । तर यस अघि, संगीतले (सत्य–स्वरुप) को गीत ‘माया’ मा उसको दादा सरगमराज आचार्यसँग बिशेष बालकलाकारको रुपमा अभिनय गरिसकेको सत्यले जानकारी गराए । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर